शुक्रबार, बैशाख १४, २०८१

आजबाट राजधानीको भृकुटीमण्डमा क्यान इन्फोटेक सुरु

can  काठमाडौ माघ १४ , राजधानीको भृकुटीमण्डमा आजबाट सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो महामेला ‘क्यान इन्फोटेक’ सुरु भएको छ । सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनी तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ ९क्यान० ले बर्सेनि आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलनको २१ औँ संस्करण अन्र्तगत ‘सुविसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल/ इन्टेल बाई नियोटेरिक नेपाल’ नाम रहेको सम्मेलन यही माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।
मेलाको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले सूचना प्रविधि मानव जीवनको अभिन्न अंग भइसकेको बताए । प्रविधिकै कारण सिंगो विश्व एक भइसकेको उल्लेख गर्दै उनले यस क्षेत्रको थप विकासका लागि अगाडि बढ्न व्यवसायी तथा सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको थियो ।

मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरु रहेका छन् । त्यस्तै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु ९ गरी जम्मा २१९ स्टलहरु रहेको  जनाउँदै  मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र अन्य स्टलहरु रहेको आयोजकले जनाएको छ ।

 त्य: तै मेलामा साधारणहरुलाई प्रवेश शुल्क १५० रुपैयाँ र विद्यार्थीहरुलाई ७५ रुपैयाँ तोकिएको छ । माघ १८ गते आइतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि १५० रुपैयाँ तोकेको आयोजकले जनाएको छ ।

कार्यक्रममा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल ,नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ललगायतले सूचना प्रविधिको विकासका लागि सरकारले उचित नीति ल्याउन जरुरी भएको बताउँनुभएको उक्त कार्यक्रममा  क्यान महासङ्घका अध्यक्ष इ विनोद ढकालले सूचना र प्रविधिको क्षेत्रमा विश्वभर वर्षभर भएका नयाँ संस्करणलाई एकै थलोबाट सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारीदिनुभएको थियो ।