बिहिबार, चैत्र १५, २०८०

माघ १४ देखि क्यान इन्फोटेक २०१५

काठमाडौ पौष २३,  कम्प्युटर एसोसिएसन अफ नेपाल महासङ्घले ‘सुबिसु क्यान इन्फोटेक–२०१५ को आयोजना गर्ने भएको छ । महासङ्घले आज राजधानीमा आयोजना can_aankhaगरेको पत्रकार सम्मेलनमा २१औँ संस्करणको प्रारुपमा इन्फोटेक–२०१५ को आयोजना गर्न लागेको जानकारी दिएको हो ।

राजधानीको भृकुटीमण्डपमा आयोजना हुने सो इन्फोटेकमा २१९ कक्ष रहने जानकारीदिदै छन् । महासङ्घका अध्यक्ष विनोद ढकालले गत वर्षको इन्फोटेकमा चार लाख ३१ हजार ३५० अवलोकनकर्ता रहेकामा यस वर्ष चार लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने विश्वास व्यक्त गर्नुभएको छ । साथै  उक्त प्रदर्शनी अवलोकनका लागि प्रवेश शुल्क रु १५० तोकिएको छ भने विद्यार्थीका लागि रु ७५ तोकिएको जानकारी दिईएको छ ।