शुक्रबार, बैशाख १४, २०८१

आगामी एक साता भित्र ग्यास सहज हुने सरोकारवालाहरुको दावी

काठमाडौ माघ १५, काठमाडौं उपत्यका लगयत दशैभरि खाना पकाउँने ग्यासको चरम अभाव भईरहको अवस्थामा मिडिया इन्टरनेसनलद्वारा आज आयोजित एक LP_gas_cilinderअन्र्तक्रिया कार्यक्रममा वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले माग र आपूर्तिको सन्तुलन हुननसक्दा ग्यास अभाव भएको स्विकार्दै इन्डियन आयल कर्पोरेसनबाट ग्यास पठाइसकेको जानकारी दिँदै उनीहरुले अब केहीदिनमै ग्यासको अभाव कम हुने बताए ।

त्यस्तै नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सन् २०१४ जनवरीको तुलनामा अहिले दुई हजार मेट्रिक टन कम आपूर्ति भएकाले उक्त ग्यास अभावको समस्या भोग्नुपरेकोे बताउँदै विगतको वर्षको तुलनामा पाँच हजार मेट्रिक टन बढी ग्यास आपूर्ति हुनुपर्नेमा उल्टै दुई हजार मेट्रिक टन कम आएको जनकारी दिनुभएको छ ।

कार्यक्रममा एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले आजदेखि काठमाडौँ उपत्यकालाई सात भागमा विभाजन गरेर ग्यास वितरण गरेका छौँ अब चाँडै यो समस्या अन्त्य हुन दावी प्रस्तुत गर्नुभएको थियो भने ग्यास विक्रेता महासङ्घका अध्यक्ष किशोरकुमार केसीले ग्यासको अभाव हुन्छ भन्ने सरकारलाई थाहा हुँदाहुँदै पनि रकार मुकदर्शक बनेका कारण यस्तो अवस्था सिर्जना भएको बताउनुभएको थियो ।