शनिबार, बैशाख ८, २०८१

काँग्रेसले जिल्ला कोषाध्यक्षहरुलाई बजेट निर्माण र व्यवस्थापन विषयक तीनदिने प्रशिक्षण दिने

काठमाडौ माघ १५, नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका सबै जिल्ला समितिका कोषाध्यक्षलाई बजेट निर्माण र व्यवस्थापन विषयमा तीनदिने download (3)प्रशिक्षण दिने भएको छ । यसअघि केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सङ्गठनलाई मजबुत बनाउँनको अतिरिक्त जनतासङगको सम्बन्धलाई थप प्रभावकारी बनाउन भन्दै देशका सबै जिल्ला पार्टी कार्यालयमा सूचना र प्रविधिको पहुँच विस्तारका लागि ७५ वटै जिल्लाका सचिवहरुलाई सूचना र प्रविधिको प्रशिक्षण दिएका थिए ।

त्यस्तै उक्त प्रशिक्षणको उद्घाटन केन्द्रीय कार्यालयमा हुने र बन्दसत्र काभ्रेको धुलिखेलमा हुने प्रतिष्ठानका निर्देशक एवम् काँग्रेस नेता मधु आचार्यलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 सर्वोच्च नेता गणेशमान सिंहको जन्मशताब्दिका अवसरमा फागुन ७ गतेबाट पदयात्रा कार्यक्रमको अयोजना गर्ने

 साथै प्रतिष्ठानले सर्वोच्च नेता गणेशमान सिंहको जन्मशताब्दिका अवसर पारेर फागुन ७ गतेबाट गणेशमान बलिदान अभियानसहितको पदयात्रा कार्यक्रम सहित सर्वोच्च नेता सिंहले २००१ साल असार ७ गते भद्रगोल जेल तोडेर भारत प्रवेश गर्नुभएको मार्ग क्रमस काठमाडौँ, धादिङ, नुवाकोट, गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र रूपन्देहीलगायतका मार्गमा गोष्ठी, सभासहितका रचनात्मक कार्यक्रमको अयोजना गर्दै जनआन्दोलन दिवस चैत २६ मा काठमाडौँमा सो अभियानको समापन गरिने प्रतिष्ठानले जनाएको छ ।