शुक्रबार, चैत्र १६, २०८०

एमाओवादीका सभासदहरुद्दारा अर्थ समितिको बैठक वहिष्कार

काठमाडौ माघ १५, एमाओवादीको संसदीय दलको बुधबार बसेको बैठकले व्यवस्थापिका–संसद्अन्तर्गतका कुनै पनि समितिमा सहभागी नहुने निर्णय गरेपछि sambidhanव्यवस्थापिका–संसद्, अर्थ समितिले एमाओवादीका सांसदलाई बैठकमा सहभागिताका लागि आग्रह गदा पनि एमाओवादीका सांभासदहरु आजको बैठक वहिष्कार गरेका छन ।
संविधानभाको यही माघ ११ गतेको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणमा देखिएका विवादित विषयका सम्बन्धमा प्रश्नावली समिति गठन गरेपछि एमाओवादीलगायत दलले विरोध स्वरुप बैठक वहिष्कार गरेको हो ।

तर समितिका सभापति प्रकाश ज्वालाले समितिको बैठकमा सहभागी हुन एमाओवादीका सभासद्लाई आग्रह गरिएको जानकारी दिँदै संसदीय दलको बैठकद्वारा गरिएको संविधानसभा र व्यवस्थापिका–संसदका बैठक बहिष्कार गर्ने निर्णय दुःखद् रहेको निष्कर्षसहित सो निर्णय फिर्ता लिन एमाओवादीलाई आग्रह गरेका जानकारीदिनुभएको छ ।