शुक्रबार, बैशाख १४, २०८१

जनतासँग गरेको बाचा नतोडन् महासङघको संयोजनमा पेसागत सङ्गठन पापडद्दारा खवदारी धर्ना ,

काठमाडौ पौष ८,  नेपाली जनतासँग गरेको बाचा नतोडौँ, २०७१ माघ ८ गतेभित्रै संविधान जारी गरौँ’ भन्ने नाराका साथ नेपाल पत्रकार महासङ्घको संयोजनमा विभिन्न fng logo 1पेसागत सङ्गठनका प्रतिनिधिहरूले आज संविधानसभा भवन नयाँ बानेश्वर अगाडि धर्ना दिएका छन् ।

धर्ना कार्यक्रममा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले , नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा अञ्जनीकुमार झा, नेपाल इन्जिनियर एसोसिएसनका उपमहासचिव इन्जिनियर दिनेशचन्द्र पन्थी, नेपाल शिक्षक युनियनका महासचिव झकबहादुर डाँगी, महासङ्घका महासचिव उजिर मगरलगायतले माघ ८ गतेभित्रै कुनै पनि हालतमा संविधान जारी गर्न शीर्ष नेताहरू लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।