बुधबार, बैशाख १२, २०८१

पत्रकार क्षेत्रीको उपचारकोषमा सहयोग गर्न युनियनको अपिल

काठमाडौं पौष् ९,  नेपाल प्रेस युनियनले ब्रेन ट्युमरको नेपालमा सफल शल्यक्रिया भई थप उपचारका लागि दिल्लीमा भर्ना भएका पत्रकार सूर्यकुमार क्षेत्रीको उपचारका लागि suryakumar-chhetri-harekpal-624x416सहयोग गर्न सहयोग कोष खडा गर्दै सबेलाई सहयोगका लागि अपील गरेको छ ।

युनियनका कोषाध्यक्ष सरोज अधिकारीद्दारा   सहयागेका आग्रह सहित जारी  विज्ञप्तिमा  युनियनका सचिव समेत रहेका पत्रकार एवम् गीतकार क्षेत्रीको उपचारका लागि सहयोग गर्न राष्ट्रिय बाणिज्य बैंक सिंहदरबार शाखामा खोलिएको सूर्यकुमार क्षेत्री उपचार सहयोग कोष नामक खातामा सहयोग गर्न सवैमा अपिल गरेका छन् । उपचार सहयोगका लागि विदेशबाट (SWIFT : RBBANPKA – 113000371901) नम्बरको खातामा सहयोग गरिदिनुहुन र स्वदेशबाट (3719) नम्बरको खातामा सहयोग गर्न अनुरोध गरिएको छ ।

ब्रेन ट्युमरबाट पीडित पत्रकार क्षेत्रीको अन्नपूर्ण न्यूरो अस्पतालमा सफल शल्यक्रियापछि अहिले नयाँ दिल्लीस्थित विएलके अस्पतालमा थप उपचार भइरहेको छ।