शुक्रबार, बैशाख १४, २०८१

सार्क सदस्य राष्ट्रका सबै राष्ट्रप्रमुख काठमाडौंमा (फोटोफिचर)

काठमाडौ मङ्सिर ९, १८ औँ शिखर सम्मेलनमा भाग लिन आउनु भएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु मङगलबार राजधानी आइपुगेका छन् । सबभन्दा पहिला बिहान १० बजे श्रीलंकाली राष्ट्रपति महिन्द्रा राजपाक्षे विमानस्थलमा ओर्लिएका थिए । विदेशमन्त्रीका साथ आएका उहाँलाई उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले स्वागत गर्नुभएको थियो ।  त्यसपछि अफगानस् राष्ट्रपति असरफ घानी काठमाडौंमा अवतरण गरेका थिए ।उहाँलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वागत गर्नुभएको थियो ।

अफगानिस्तानपछि बिमानस्थलमा अवतरण गर्नुभएका भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेलाइ र त्यसको केहि समयपछि माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन गैयूम  त्यसपछि  दिउँसो पौने ४ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमानस्थलमा ओर्लिएका थिए । बिशेष बिमानबाट आएका उनलाई गौतमले नै फुलको गुच्छा दिएर स्वागत गरेका थिए । स्वागत क्रममा सञ्चारकर्मीले फोटो खिच्न खोज्दा भारतबाट नै आएका सुरक्षाकर्मीले छेकेपछि मोदी आफैंले त्यहाँ हट्न इशारा गरेका थिए । भारतीय प्रधानमन्त्रीपछि पाकिस्तानी प्रधानमन्त्री नवाब सरिफ र अन्तिममा बंगालादेशी प्रधानमन्त्री शेख हसिना बिमानस्थलमाअवतरित हुनु भएको थियो ।

Pra_0527

Pra_0677

Pra_0622

Pra_0584

Pra_0759

Pra_0849

Pra_0958 Pra_0876