काठमाडौँ मङसिर ६, सार्कको आसन्न अठारौँ शिखर सम्मेलनका अवसरमा काठमाडौँ आउने पाहुनालाई महानगरको सुन्दरता र मौलिकता
अनुभूत गराउने तथा वातावरणीय ह्रासलाई सुधार गर्ने उद्देश्यले काठमाडौ महानगरका र ३५ वटै वडा र ललितपुर उपमहानगरपलिकाले आआफ्ना आधारक्षेत्रका २२ वटा वडा गरी ५७ वडामा आज विशेष सरसफाइ गरिएको छ ।बिहान ७ः३० बजेदेखि सुभारम्भ गरिएको सो सरसफाइ कार्यक्रममा सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव, प्रत्येक वडाका वडा नागरिक मञ्चका अध्यक्ष एवम् वडा प्रशासकीय प्रमुख, संयोजक, मञ्चका सबै सदस्य र वडास्थित सङ्घसंस्था, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी टोल सुधार समिति, उपभोक्ता समिति, क्लब र निजामती कर्मचारी तथा संस्थानका कर्मचारीको सहभागिता रहेको थियो ।
सरसफइ कायक्रम पछि जथाभावी रूपमा फोहोर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सुन्दरता बिगार्ने व्यक्ति व्यापारीर सङघसंस्थालाई कारबाही गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।