शनिबार, चैत्र १८, २०७९

के हो बेइजिङ्ग +२० र सवालहरु ?

काठमाडौं कात्तिक २६ ,सन १९९५ मा चीनको राजधानी बेइजिङ्गमा सम्पन्न चौथो बिश्व महिला सम्मेलनको फलो अप प्रत्येक पाँच बर्षमा संयुक्त

राष्ट्र संघको ‘कमिसन अन दी स्टेटस अफ विमेन’ मा हुने गरेको छ ।
यसै प्रसङगमा सूचनाको हक, मिडिया तथा महिला अधिकारको क्षेत्रमा कार्यरत संस्था मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले बेइजिङ्ग २० का बारेमा भइ रहेका गतिबिधि बारे जानकारी दिन राजधानीमा गत सोमवार  एक अन्तक्रिया  कार्यक्रमको आयोजना गर्दै  बेइजिङ्ग सम्मेलनले उठाएका १२ वटा सरोकारका बुँदाहरुको जानकारी सहित  नेपालको सन्दर्भमा यी सबै सरोकारका बिषयहरु महत्वपूर्ण रहेको वताएका छन ।

त्यस्तै कार्यक्रममा प्रस्तुत सम्मेलनको प्रभावकारिताको सवालमा प्रत्येक पाँच बर्षमा हुने पुनरावलोकनका लागि एशिया प्यासिफिक स्तरको कार्यक्रम आगामी हप्ता बैंककमा हुन गइरहेको र उक्त पुनरावलोकन कार्यक्रममा नेपालको तर्फबाट महिला, वालवालिका तथा समाजकल्याण मन्त्री निलम केसीको नेतृत्वमा प्रतिनिधि मण्डल सहभागी हुने म्यागकी अध्यक्ष बबिता बस्नेतले जानकारी दिनुभएको छ । त्यस्तै सन २०१५ को मार्चमा संयुक्त राष्ट्रसंघ न्युयोर्कमा हुने पुनरावलोकनमा यो २० बर्षको बीचमा महिलाका सवालमा भएका उपलब्धि तथा हुन नसकेका कुराहरुका बारेमा लेखाजोखा हुने जानकारी त्यसअवसरमा गराइएको थियो ।

महिला सरोकारका १२ वटा संबेदनशील बिषयहरु : -महिला र गरिबी,  -महिलालाई शिक्षा र तालिम
-महिला र स्वास्थ्य
-महिला बिरुद्धको हिंसा
-महिला र सशस्त्र संघर्ष
-महिला र अर्थतन्त्र
-नीति निर्माण तहमा महिला
-महिला उत्थानका लागि संस्थागत संरचना
-महिला र मानव अधिकार
-महिला र संचार
-महिला र वातावरण
-वालिका  रहेका छन ।

बेइजिङ्ग +२० के हो ?  थाहा पाउँनको लागि क्लिक गर्नुहोला….

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31