शुक्रबार, चैत्र १६, २०८०

नेवि सङ्घको महाधिवेशन कात्तिक ३० देखि

काठमाडौ कात्तिक २५, नेपाली काँग्रेस पदाधिकारी बैठकले नेपाल विद्यार्थी सङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन यही कात्तिक ३० गतेदेखि मङ्सिर २ bay bi song flagगतेसम्म कीर्तिपुरमा सम्पन्न गर्ने नितिगत निणृय गरेको छ ।

त्यस्तै बैठकले नेवि सङ्घले पेस गरेको प्रस्तावित विधानलाई संशोधन गरी पदाधिकारी तथा सदस्यको सङ्ख्या घटाएको छ, जसमा एक अध्यक्ष, निर्वाचित र मनोनित गरी दुई महामन्त्री, सात उपाध्यक्ष, आठ सहमहामन्त्री, एक कोषाध्यक्षसहित १२१ को केन्द्रीय समिति हुने भएको छ ।

प्रस्तुत महाधिवेशनमा विद्यार्थी नेताहरू कुन्दन काफ्ले, क्षितिज भण्डारी, दीपक भट्टराई, केदार कार्की, नीलकण्ठ रिजाल, मनोजमणि आचार्य, दीपक अधिकारी, बाबुराम कोइराला नैनसिंह महर, शुभराम बस्नेतलगायतका विद्यार्थी नेताहरु अध्यक्षका उम्मेदवारका रुपमा देखिएका छन् ।