शनिबार, बैशाख १५, २०८१

सात किलो सुन सहित दोर्जे शेर्पा पक्राउ

काठमाडौ कात्तिक १९, महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गामा लुकाइछिपाई ल्याइएको सात  किलो सुन बरामद गरेको छ । काठमाडौं,  महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीको विशेष टोलीले ताप्लेजुङका ४३ वर्षीय दोर्जे शेर्पालाई सुनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार महानगरीय प्रहरी वृत्त थानकोटले काठमाडौँबाट बाहिरिने र भित्रिने यात्रु तथा बस जाँचका क्रममा झापाको बिर्तामोडबाट काठमाडौँ आउँदै गरेका शेर्पाले कपडामा पोको पारी कम्मरमा बाँधेर लुकाइछिपाई रखेको अवस्थामा उक्त सुन प्रहरी टोलीले बरामद गरेको  जानकारी  दिदै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।