शनिबार, बैशाख १५, २०८१

राजाको मानहानी गरेको आरोपमा पत्रकारलाई पाँचवर्ष कैंद

एजेन्सी मङ्सिर २ थाइल्याण्डका एकजना रेडियोकर्मीलाई राजाको मानहानी गरेको आरोपमा पाँच वर्षको जेल सजाय तोकिएको छ । सैनिक Adulyadej_1486018c (1)अदालतले उनलाई सो सजाय सुनाएको बताइएको छ । यसअघी उनीमाथि सो अभियोग लगाई छानबीन सुरु भएको थियो ।

त्यहाँको अदालतले ५९ वर्षीय थाई पत्रकार खतवाउतलाई सो सजाय दिएको बताइएको छ । उनले विदेशमा समेत पुग्नेगरी अनलाईन रेडियो कार्यक्रम सञ्चालन गर्ने गर्दथे ।

सो रेडियोमा प्रस्तुत गरिएको समाचार र कार्यक्रममा राजाको मानहानी भएको भन्दै ती पत्रकारलाई उक्त अभियोग लगाइएको थियो । थाईल्यान्डमा राजा, रानी, युवराजसहित राजपरिवारका सदस्यमाथि यस्तो मानहानी गरिएमा उनीहरुमाथि बढीमा १५ वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान रहको समाचारमा उल्लख गरिएको छ । एएफपी