शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद्को बैठक :जनतासङग प्रत्यक्ष सरोकार राख्ने सेवा अवधी बढाइने

व्याकुल माइलालाई आजीवन मासिक रु २५ हजार भत्ता

काठमाडौ मङसिर ४ , मन्त्रिपरिषद्को आजको बैठकले आगामी मङसिर मसान्त देखि जनतासङग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाह अन्र्तगत राहदानी, मालपोत, भूमिसुधार, नापी, क���्पनी रजिष्ट्रार, यातायात व्यवस्था, वैदेशिक रोजगार, श्रम, विद्युत् तथा खानेपानीसहितका कार्यालयबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसका लागि सम्बन्धित मन्त्रालयले मङ्सिर मसान्तसम्ममा सार्वजनिक सूचना जारी गर्ने र त्यससम्बन्धी गृहकार्य पूरा भएपछि सेवा आरम्भ निर्देशन दिइएको जानकारी दिदै सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले बैठकले राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई आजीवन मासिक रु २५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको बताउँनु भएको छ ।

त्यस्तै बैठकले सरकारले न्याय सेवा अन्र्तगतका तीनजना अधिकृतहरु क्रमस रञ्जनकृष्ण अर्याल, राजेन्द्र सुवेदी र बद्रीप्रसाद गौतमलाई विशिष्ट श्रेणीमा बढुवा गरी पदस्थापना गर्ने निर्णय गरेको छ भने राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्षमा मोहन चौधरीलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिदै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजक समितिलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
त्यस्तै दाइजोको नाममा जिउँदै जलाइएका रिहानारोश धपाली र चन्द्राचन्दन सलवानीलाई राहतस्वरुप रु १/१  लाख प्रदान गर्ने निर्णय भएको बताउँनु भएको छ ।