बुधबार, चैत्र १५, २०७९

भारतीय सेनाका स्थलसेनाध्यक्ष सिंहलाई मानार्थ महारथीको पदवी प्रदान

 प्रधानमन्त्री कोइरालासङग सेनाध्यक्ष सिंहको शिष्टाचार भेटवार्ता

काठमाडौं कात्तिक २७, नेपाल र भारतबीच दुबै देशका सेनापतिलाई एकअर्का देशको सेनापतिको पदवी दिने परम्परा अनुरुप राष्ट्रपति डा. रामवरण यादवले भारतीय सेनाका dalbir-s-300x300स्थलसेनाध्यक्ष दलवीर सिंहलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा नेपाल सरकारका तर्फबाट नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित एक समारोहकाबीच उक्त उपाधि प्रदान गर्नुभएको हो

यसैवीच प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाका स्थल सेनाध्यक्ष दलवीर सिंहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा उहाँहरुबीच नेपाल–भारत सैन्य सम्बन्ध र आपसी हित एवम् चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानका दिदै त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल र भारतबीच हरेक क्षेत्रमा अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको बताउँदै नेपालमा संविधानसभाबाट निर्धारित मितिमा संविधान जारी भएपछि विकासको गति तीव्र हुने बताउनु भएको थाहा भएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31