काठमाडौं कात्तिक १३, राजधानी लगायत देशका विभिन्न भागमा आज विहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ । राजधानीका रानीपोखरी, कमलपोखरी, टङकेश्वर,शङखमूलमाभक्तजनले सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गरेको हो । यसअघि हिजो भक्तजनहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गर्दै षष्ठी मातालाई अर्घ अर्पण गरेका थिए । सूर्यदेवलाई ठेकुवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद पनि अर्पण गरिएको थियो ।