शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ ने.सं ११३५को अवसरमा राष्ट्रपति यादवको शुभकामना 

तोकिएको समयमा नै संविधानसभाले नयाँ संविधान दिन सकोस्

काठमाडौ कात्तिक ७, नेपाल संवत् ११३५ को अवसरमा राष्ट्रपति डा रामवरण यादवले सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीको सुख, शान्ति र प्रगतिको लागि हार्दिक

 शुभकामना व्यक्त गर्नुभएको छ ।  यस पर्वले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता, सद्भाव, समझदारी र भाइचाराको भावना अभिवृद्धि गर्न सफल हुने आशा आफूले लिएको शुभकामना सन्देशमा उल्लेख गर्दै मुलुकको स्वतन्त्र इतिहासप्रति गौरवान्वित रही राष्ट्र, राष्ट्रिय, एकता र अस्मिताको संरक्षण गर्न हरेक नेपालीको परम कर्तव्य हो भन्दै उहाँले तोकिएको समयमा नै संविधानसभाले नयाँ संविधान दिन सकोस् भन्ने कामना  गर्नु  भएको छ ।