मङ्लबार, चैत्र १४, २०७९

आज समेत गरि व्यवस्थापिका संसदको बैठक१२ औं पटक अवरुद्ध

काठमाडौं असोज ८, एमाओवादी लगायतका विपक्षी दलहरुले आज पनि व्यवस्थापिका संसदको बैठक चल्न दिएनन् । उच्चस्तरीय राजनीतिक biccसमिति गठनलगायतका माग राख्दै विपक्षीहरुले संसल अवरुद्ध गर्द आएको आज समेत गरि १२ औं पटक भएको छ ।
संसद अवरुद्ध गर्नुअघि बोल्दै संघीय समाजवादीका सभासद अशोक राईले सरकारले यसअघि गरेका सहमति कायान्वयन नभए सम्म बैठक चल्न नसक्ने भन्दै संसद अवरुद्ध गर्नु हाम्रो रहर होईन बाध्यता भएको बताउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभासदहरु आ्-आफ्नो आसनबाट उठेका थिए ।

यसैवीच यसरी पटक पटक संसद अवरुद्ध भइरहदा एकातर्फ संविधान निमार्णको कामले समेत गति लिन सकेको  छैन भने अर्को तर्फ आम जनातामा निरासाको स्थिती सिर्जन भएको छ ।  आजको बैठक स्थगित भएपछि संसद भवनबट बाहिरिने क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सदन खुलाउने सम्बन्धमा सरकारसङग भइरहेको वार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै शुक्रबारसम्म निष्कर्षमा पुगिने जनाउ दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031