शनिबार, बैशाख १५, २०८१

सर्वाेच्च अदालतको भावी प्र. न्याका लागि वरिष्ठ न्यायाधीश साहको नाम सिफारिस

काठमाडौ भाद्र २७,  संबैधानिक परिषदको शुक्रबार   सम्पन्न बैठकले सर्वाेच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहको नाम timthumbसिफारिस गरेको छ ।  प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सिंहदरबारमा आज बसेको परिषद्को बैठकले वरिष्ठ न्यायाधीश साहको नाम मनोनयन गरी संसदीय सुनुवाइका लागि पठाएको कानुन, न्याय, संविधान तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यलाइ उदत गदै पप्त समाचारमा उल्लेख गरिएको छ।

वर्तमान प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले उमेर हदका कारण आगामी असोज २३ गतेदेखि अवकाश पाउने भएकाले सो स्थानमा वरिष्ठताका आधारमा साहको नाम मनोनयन गरिएको समाचरमा  जनाइएको छ।