शनिबार, बैशाख १५, २०८१

पिटिए सम्झौता राष्ट्रहित विपरीत भन्दै सम्झौताका प्रतिहरु जलाइयो

काठमाडौ भाद्र २७, सरकारले भारतसँग गर्न लागेको विद्युत् व्यापार सम्झौता (पिटिए)को विरोधमा आन्दोलनरत नेकपा–माओवादीसहित विभिन्न pampha_bhusalराजनीतिक दलले आज बिहान १० देखि १२ बजेसम्म सिंहदरबारको दक्षिण ढोका नजिकै धर्ना दिँदै सम्झौताका प्रति जलाएका छन् ।  धर्ना कार्यक्रममा सम्बोधन गर्दै माओवादीका प्रवक्ता पम्फा भुसालले विभिन्न ४७ दलको सर्वदलीय बैठकको भाद्र २१ गतेको निर्णयअनुरुप आज सिंहदरबार अगाडि धर्ना दिइएको बताउनुभयो । त्यस्तै उहाँले पिटिए सम्झौता राष्ट्रहित विपरीत भएको भन्दै सो सम्झौता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिनु भएको थियो ।