शनिबार, बैशाख १५, २०८१

बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौ असोज६, व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले चाडपर्वका समयमा कालोबजारी बढ्ने भएकाले sambidhan-sabha2-214अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।  प्रभावकारी अनुगमन हुन नसक्दा उपभोक्ताले बढी मूल्यमा दैनिक उपभोग्य वस्तु खरिद गर्नुपरेको, कालोबजारी नियन्त्रण हुन नसकेको, दसैँ, तिहार र छठजस्ता महत्वपूर्ण पर्वमा समेत सहुलियत प्राप्त हुन नसकेको भन्दै प्रभावकारी संयन्त्र निर्माणमा समितिले जोड दिएको छ ।

यस्तै वाणिज्य मन्त्रालयअन्तर्गतका निकायबाट सञ्चालित सहुलियत बजारमा खाद्य पदार्थमा बढीभन्दा बढी छुट दिन मन्त्रालयको ध्यानाकर्षण गराइएको समितिका सभापति भीष्मराज आङ्दम्बेलाइ उदत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।