शुक्रबार, बैशाख १४, २०८१

व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौ असोज ५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्ला स्थित सामुदायिक प्रावि मोदनबाबा विद्यालयका व्यवस्थापन akither-ko-logo1समितिका अध्यक्ष र पूर्व शिक्षकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले आव २०६५/०६६ देखि आव २०७०/०७१ सम्म सरकारले छात्रवृत्ति, पाठ्यपुस्तकलगायत विषयमा प्रदान गरेको करिब रु ११ लाख ७७ हजार दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोग द्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी रौतहटको श्री निम्न माध्यमिक विद्यालयमा आव २०६५/०६६ देखि २०७०/०७१ सम्म सरकारबाट प्राप्त तलब, छात्रवृत्ति, पाठ्यपुस्तक, भौतिक निर्माणलगायत विषयमा प्राप्त अनुदान तथा शिक्षक ज्ञानु चौधरीको तलबसमेत प्रधानाध्यापक रमेश तिवारीले दुरुपयोग गरेको अभियोगमा आयोगले आजै मुद्दा दायर गरेको आयोगको विज्ञप्तिमा जनाइएको छ ।