शनिबार, बैशाख १५, २०८१

पूर्वमन्त्री ओझाको दाहसंस्कार

ओझाप्रति सम्मान व्यक्त गर्दै पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शनिवार एक दिन पार्टीको झण्डा आधा झुकाउने र केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने

काठमाडौ असोज १०, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सिद्धराज ओझाको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

विहीवार साँझ उपचारका क्रममा शिक्षण अस्पतालमा उपचारारत ओझाको निधन भएको थियो । यस अघि अन्तिम श्रद्धान्जलीकाका लागि उहाँको पार्थिव शरीरलाई आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा सानेपामा राखिएको थियो ।

स्वर्गीय ओझाको पार्थिव शरिरलाई काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले पार्टीको झण्डा त्यस्तै पाटी महामन्त्री प्रकाशमान सिंहले राष्टिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

श्रद्धाञ्जलिका लागि सभामुख सुवास नेम्वाङ, मन्त्रीहरू, सभासद्, काँग्रेसका केन्द्रीय पदाधिकारी एवम् सदस्यहरू, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रमुख तथा सदस्य केन्द्रीय कार्यालय पुगेका थिए ।   ओझाप्रति सम्मान व्यक्त गर्दै पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शनिवार एक दिन पार्टीको झण्डा आधा झुकाउने र केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गर्नुको अलावा तेह्रौँ दिन केन्द्र र सबै जिल्लाहरूमा शोकसभा आयोजना सम्वद्धस्रोतले जनाएको छ पूर्वमन्त्री ओझाको पार्थिव शरिरलाई उहाँका छोरा पारस ओझाले दागबत्ती दिनुभएको थियो ।