शनिबार, बैशाख १५, २०८१

असहमतिका विषयमा सहमति कायम गर्दै संविधान जारी हुन्छ : उपप्रम सिंह

काठमाडौ असोज १०, मानव कल्याणका लागि स्थापित लोककल्याणकारी सामाजिक संस्था परोपकारको ६८ औँ स्थापना दिवसको अवसरमा नव निर्मित्  परोपकार चिकित्सालयको उद्घाटन गर्दै   उपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि संविधान अपरिहार्य रहेको बताउनुभएको छ ।

त्यस्तै उपप्रम सिंहले निर्धारित मितिमा संविधानसभाबाट संविधान जारी गर्नका लागि विभिन्न विषयगत समितिहरूमा छलफलको क्रम चलिरहेको र प्रस्तुत छलफलबाटै विद्यमान यावत असहमतिका विषयमा सहमति कायम गर्दै संविधान जारी गर्नै यद्यपी त्यस्तो अवस्था बन्न नसकेमा प्रक्रियागत रुपमा संविधान जारी गरिने बताउँनु भएको छ ।

त्यस्तै कायक्रमा सभासद् नविन्द्रराज जोशीले परोपकार संस्थाले प्रत्यक्ष वा परोक्षरुपमा सामापज क्रियाकलाप मात्र नभएर तत्कालीन राणा शासनका समयमा समाजमा चेतनाको स्तर बढाउन समेत महत्पूण योगदान दिएको बताउँनु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष हितकरवीर सिंह कंसाकार लगयतका वक्ताहरुले बोल्नु भएको थियो ।