शनिबार, बैशाख १५, २०८१

चाडपर्वका वेला चनाखो रहन नेपाल प्रहरीको आग्रह

काठमाडौं असोज १४, चाडपर्वका वेला हुनसक्ने अपराधका घटनामा चनाखो बन्दै शंकास्पद गतिविधिको सूचना दिएर सहयोग गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।
दसैँ, तिहार, छट, बकरइदजस्ता चाडपर्वको समयमा विशेष सुरक्षा योजना लागू गरेको प्रहरीले सुरक्षाका लागि सर्वसाधारणले समेत योजनामा सरिक भई सहयोग गर्न आग्रह nepal prahariगरेको हो । ‘तपाईंको कमजोरी अपराधीका लागि मौका नबनोस्, सुरक्षित समाज निर्माणका लागि प्रहरी र समुदायको ऐक्यबद्धताको आवश्यकता छ,’ प्रहरी मुख्यलल आइतबार जारी विज्ञप्तिमा भनिएको छ, आपतकालीन अवस्थामा संयमित भई प्रहरीलाई सूचना दिन नेपाल प्रहरी सूचना दिन हार्दिक अनुरोध गर्दछौँ ।

त्यस्तै विशेष योजनाअन्तर्गत काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा हुने चोरी, डकैती, लुटपाट तथा तस्करीजस्ता अपराध नियन्त्रण गर्ने, यात्रुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, अवैध मदिरा उत्पादन तथा बिक्री–वितरणमा रोक लगाउने, मादक पदार्थ सेवन तथा जुवातासजस्ता गतिविधिलाई कडाइसाथ नियन्त्रण गर्ने, पटाका, आतिसबाजीलगायतका विस्फोटक पदार्थको ओसारपसार तथा प्रयोग हुन नदिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

यसवेला चोरीका घटना धेरै हुनसक्ने भएकाले घर छाड्दा बलियो ताला लगाउन पनि प्रहरीले आग्रह गरेको छ । विशेष योजनाअन्तर्गत सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको जनाएको छ । आपतकालीन अवस्थामा नेपाल प्रहरीको टेलिफोन नम्बर १००, टोल फ्री नम्बर १६६००१४१५१६ मा वा स्थानीय प्रहरीको टेलिफोन नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।