बिहिबार, चैत्र १५, २०८०

किया मोटर कम्पनीको ‘स्पेयर पार्टस्’ गोदाममा भिषण आगलागी

काठमाडौ असोज १४, काठमाडौंको तीनकुनेस्थित किया मोटर कम्पनीको ‘स्पेयर पार्टस्’ गोदाममा आगलागी भएको छ । किया कम्पनीको गोदाममा मंगलबार बिहान किया मोटर कम्पनीभएको आगलागीबाट ‘स्पेयर पार्टस्’ पूर्णरुपमा जलेको छ । विद्युत् सर्ट भएर आगो लागेपनि क्षतिको यकिन विवरण प्राप्त भइनसकेको किया मोटर कम्पनीले जनाएको छ।

आगोलागी नियन्त्रणका लागि आधा दर्जन दमकल र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । आगोले सँगैको घरमा समेत क्षति पु-याएको छ । आगो लागेको स्थानमा सहजै रुपमा दमकल पुग्न सकेको भएपनि झन्डै १ घन्टापछि आगो नियन्त्रणमा आएको अग्नि नियन्त्रकहरुले बताएका छन् ।