शुक्रबार, बैशाख १४, २०८१

गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार रेग्मीलाई

काठमाडौ भाद्र २५, प्रेस काउन्सिल नेपालले यसवर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई प्रदान गर्ने निर्णय गर्नुको अलावा अन्य विधागत २२ जना पत्रकार र दुई जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । काउन्सिलको आज बसेको बोर्ड बैठकले हरेक वर्ष प्रदान गर्दै आएको नगद रु एक लाख राशिको उक्त पुरस्कार रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको काउन्सिलद्दारा विज्ञप्तिमा उल्लेख गरिएको छ। ।

काउन्सिल द्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सुकेश्वर पाठक, काउन्सिल साहित्य पत्रकारिता पुरस्कार इश्वरचन्द्र ज्ञवाली, काउन्सिल स्तम्भ लेखन पुरस्कार श्यामसुन्दर शशी (धनुषा), काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मिथिला साप्ताहिक आनन्द मिश्र,( सप्तरी), काउन्सिल महिला सशक्तिकरण पुरस्कार गृष्मा राजभण्डारी (काठमाडौ) र सन्तोषी कार्की (दोलखा) लाई प्रदान गर्ने भएको छ ।

त्यसैगरी प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रकाश माथेमा (काठमाडौँ), ठाकुरसिंह थारु (बाँके), सरिता श्रेष्ठ (धादिङ), मनोजकुमार माझी (सप्तरी) र सञ्जु ब्लोन (काठमाडौँ), काउन्सिल युवा सशक्तीकरण पुरस्कार ऋषिराम पौडेल (सिन्धुपाल्चोक), लोकराज ढकाल (झापा) र रामकुमार एलन (मकवानपुर) तथा काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार शरद अधिकारी (दाङ), रमेश लम्साल (काठमाडौँ) र नेत्र शाही (जुम्ला)लाई प्रदान गरिने निर्णय गरेको छ । ती सबै पुरस्कार आगामी असोज ६ गते आयोजना हुने प्रेस काउन्सिलको वार्षिकोत्सवमा प्रदान गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ ।