शुक्रबार, बैशाख १४, २०८१

अख्तियार प्रमुख कार्कीको नियुक्ति प्रक्रिया सर्वोच्चद्दारा सदर

काठमाडौं असोज ८, २०७० बैशाख २४ अख्तियार अनुसन्धान आयोगको प्रमुखमा भएका नियुक्ति नेपालको अन्तरिम संविधान विपरित supreme-court-nepal1लोकमानसिंह कार्की नियुक्त भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा उक्त नियुक्ति खारेजीको माग गदै दायर गर्न भएको रिट खारेज गदै नियुक्ति प्रक्रियालाइ  सदर गरेको छ ।

न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले रित दायर भएको लगभल १७ महिना पछि आज उक्त रिट उपर सुनाएको निर्णयअनुसार अख्तियारमा अब कार्कीको नियुक्ति वैधानिक भएको छ । तर रित खारेज हुनाका कारण र आधार अदालतले भनेको छैन, रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले भने, हामीले इजलाश अधिकृतसँग सोधेर फैसला के भयो भन्ने थाहा पायौं तर त्यसको लिखित जारी नभएको अधिवक्ता अर्यालले बताएका छन ।