मङ्लबार, बैशाख ११, २०८१

सर्वोच्चको परमादेश सङगै नेपाल प्रहरीमा अव १४ जना एआईजी

काठमाडौं असोज ८, सर्वोच्च अदालतले बुधबार सरकारको नाममा परमादेश दिए सङगै नेपाल प्रहरीमा अब चौध जना एआईजी हुने भएका छन । nepal prahariगत श्रवण २९ गते सरकारले ९ जना डीआईजीहरुलाइ  एआईजी बढुवा गदैगर्दा  बढुवामा नपरेका डीआईजीहरु यादव अधिकारी, परशुराम खत्री, सुशीलवर सिंह थापा र विश्वराज सिंह शाहीलाई एआईजीमा बढुवा गर्न आदेश दिएसङगै प्रहरी सङगठनमा एआईजीको सख्या १४ पुगेको हो

यसअघि सरकाले गत श्रावण् २९ गते ९ जना डीआईजीहरु क्रमस राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, केदारप्रकाश साउद, गणेशराज राई र नारायण बस्ताकोटीलाई बढुवा गरेपछि एआईजी बढुवा गर्दा विद्यमान ऐन नियमको ठाडो उलङघन गर्दै रोलक्रममा आफूहरूभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै सरकारको निर्णय गैरकानुनी भएकाले उत्प्रेषणको आदेशबाट बदर गरी कानुनबमोजिम कार्यक्षमताका आधारमा दिइने अङ्क प्रदान गरेर बढुवा सिफारिस गर्न परमादेशलगायत आदेश जारी गर्न र हाल बढुवा भएकाहरूलाई काम गर्न नदिन माग गर्दै ४ जना डीआईहरु क्रमस यादव अधिकारी,परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराजसिंह शाहीले छुट्टाछुट्टै रिट निवेदन निवेदन दर्ता गराएका थिए ।

यसरी दर्ता भएको रिट निवेदन उपर सुनवइ गदै न्यायाधीश दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलासले सरकारको नाममा परमादेश सहित ९ जना डीआईजीको बढुवा भएको मिति साउन २९ गतेदेखि नै लागू हुने गरी यि चार जनाको बढुवा गर्न सरकरको नाममा आदेश दिएको हो।