शुक्रबार, बैशाख १४, २०८१

भक्तपुरमा डेङ्गुका बिरामी भेटियो

भक्तपुर भाद्र १, भक्तपुरमा डेङ्गुका बिरामी फेला परेको छ । तराईमा मात्र देखिने डेङ्गुका बिरामी भक्तपुरमा भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

रामेछाप घर भई परिवारसँग भक्तपुरको बालकोट गाविस–५ मा बस्दै आएका १५ वर्षीय अर्जुन कार्कीको स्वास्थ्य परीक्षणका क्रममा डेङ्गु भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेश ठाकुरले जानकारी दिनुभयो । बिरामीको अहिले उपचार भइरहेको छ ।

डेङ्गुका बिरामी देखापरेपछि यसबाट बच्न भक्तपुर नगरपालिका र गाविसमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको ठाकुरले बताउनुभयो । भक्तपुर अस्पतालमा डेङ्गु परीक्षणका लागि निःशुल्क टेष्ट किट राखिएको उहाँले जानकारी दिनुभयो ।