शुक्रबार, बैशाख १४, २०८१

प्रहरी मुख्यालयद्दारा एकसय १२ जना डीएसपीको सरुवा को काँहा ?

काठमाडौ भाद्र ७, प्रहरी प्रधान कार्यालयले १ सय १२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । बिहीबार सरुवाको निर्णय गरेपनि 434शुक्रवार मात्र  सरुवा सूची सार्वजनिक गरेको हो बिहीबार साँझ ९ डिआइजीको एआइजीमा बढुवा र पदस्थापन लगत्तै प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालले डीएसपीहरुको सरुवा गरेका हुन् । यसरी सरुवा हुने हरुमा हिमालय कुमार श्रेष्ठ जिप्रका गुल्मी, सुर्य बहादुर केसी जिप्रका डोल्पा, कृष्ण बहादुर कुँवर जिप्रका हुम्ला, बिदुर कुमार गौतम जिप्रका तेर्हथुम, अजय केसी जिप्रका दोलखा, दिलिप घिमिरे इप्रका बुटवल, दिपक कुमार शाह जिप्रका रामेछाप, नैनसिंह कार्की जिप्रका दार्चुला, दिपक कुमार बस्नेत जिप्रका बर्दिया, कृष्ण प्रसाई जिप्रका धनुषा, योगेन्द्र सिंह थापा जिप्रका डडेल्धुरा, कृष्ण कुमार क्षेत्री जिप्रका कैलाली, रमेश कुमार पोख्रेल जिप्रका रुपन्देही, दिनेश राज मैनाली जिप्रका जाजरकोट, मनोज कुमार यादव जिप्रका कपिलवस्तु, अभिनारायण काफ्ले जिप्रका कंचनपुर, अर्जुन प्रसाद तिमिल्सिना इप्रका काकड़भिटटा झापा, विनोदराज खरेल जिप्रका खोटांग, गौतम राज कट्टेल जिप्रका रुकुम,धुर्बराज राउत जिप्रका धनकुटा, गोविन्द प्रसाद पाठक जिप्रका मुस्तांग, विश्वमणि पोख्रेल जिप्रका झापा, योग बहादुर पाल जिप्रका सोलुखुम्बु, बलराम राइ जिप्रका जुम्ला, सुदम कुमार सिंजापति जिप्रका सर्लाही, श्याम कुमार महतो जिप्रका सिन्धुली, राजिब बस्नेत जिप्रका सुर्खेत, प्रबिण पोख्रेल जिप्रका रसुवा, बिर बहादुर ओली जिप्रका पर्सा, श्रीहजुर सिलवाल जिप्रका मुगु, दिपकराज खरेल जिप्रका सिन्धुपाल्चोक, जगन्नाथ गौतम जिप्रका मोरंग, हिरा बहादुर पाण्डेय जिप्रका बझांग, अरुण पौडेल जिप्रका नुवाकोट,र केदार रजौरेको जिप्रका कास्कीमा सरुवा भएको छ ।

त्यस्तै उपत्यकाका वृत प्रमुखहरुको पनि सरुवा भएको छ उपत्यकाका वृतमा सरुवा हुने हरुमा भरत बोहरा महाराजगंज, राजेन्द्र धमला कालिमाटी, अर्जुन रानाभाट बालाजु, दिपक न्यौपाने किर्तिपुर, बेद बिष्ट जनसेवा, प्रबिण धिताल थानकोट, तोरण कुमार कार्की सातदोबाटो ललितपुर, बिनोद सिलवाल कमलपोखरी, राकेश सिंह गौशाला, सन्तोष खड्का सिंहदरबार वृतमा सरुवा भएको छ ।

त्यसै गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा तुल बहादुर कार्की, हेटौडामा कृष्णजी अधिकारी,धनकुटामा गोविन्द अधिकारी, सुर्खेतमा हेरम्ब शर्मा, र क्षेत्रीय कार्यालय दिपायलमा जनक राज पाण्डेयको सरुवा भएको छ ।  त्यस्तै प्रपका अअविभागमा डा मेख बहादुर खत्री, दिनेश कुमार आचार्य, भोजदेव खतिवडा, र गुरुबिष्णु काफ्लेको सरुवा भएको छ त्यस्तै अञ्चल प्रहरी बागमतिमा एकेन्द्र बहादुर खड्का र पुस्कर केसी, नारायणीमा अनुराग कुमार दिबेदी, भेरीमा बिपिन कुमार कर्माचार्य, सेतीमा राजकुमार लम्साल, कोशीमा केदार खनाल, लुम्बिनीमा कृष्ण कुमार केसी, सगरमाथामा केदार ढकाल, जनकपुरमा बिनय कुमार झा , प्रपका महिला तथा बालबालिका सेवा केन्द्रमा गंगा पन्त, प्रपका भण्डार शाखामा जीवन कुमार श्रेष्ठ, केन्द्रिय प्रहरी समाचार कक्षमा सानुकाजी लामिछाने, प्रपका सुरक्षा महाशाखामा मुकेश कुमार सिंह, र यज्ञ बिनोद पोख्रेल, प्रपका युएन शाखामा ऋषिराम कंडेल, युएन जगेडामा सन्तोष सिंह राठौर, दान बहादुर कार्की, शेखर खनाल र गोपालचन्द्र भट्टराई, प्रपका जगेडापुलमा रामेश्वर यादव र तेजेन्द्र पौडेल, प्रपका प्रशासन विभागमा सुदर्शन प्रसाद कोइराला, कानुन शाखामा गणेश रेग्मी, अभिलेख तथा जाहेरी शाखामा रामदत्त जोशी, प्रपका निरीक्षण तथा उजुरी छानबिन शाखामा होबिन्द्र बोगटी, लागु औषध नियन्त्रण ब्युरोमा कृष्णहरि शर्मा पोख्रेल, बिशेष ब्युरोमा सुदिप गिरि  लगायतका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा सम्बन्धी थय जानकारीका लागि   प्रस्तुत लिङकमा क्लिक गर्नु होला 

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।