मङ्लबार, चैत्र ६, २०८०

प्रम कोइरालाद्दारा स्वकीय सचिव ढकाललाइ किन पदमुक्त गरे ?

काठमाडौँ श्रावण २१, प्रधानमन्त्री सुशिल कोईरालाले आफ्ना स्वकीय सचिव लक्ष्मण ढकाललाई बर्खास्त गरेका छन । ढकालले विश्वासघात र पदीय laxmanमर्यादा कायम नगरेको भन्दै प्रधानमन्त्री कोईरालाले बर्खास्त गरेका हुन । मंगलवार साँझ उनले पदमुक्त गरिएको पत्र पाएका छन्। नेविसंघमा राजनीति गर्दै कोईरालाको स्वकीय सचिव भएका ढकाललाई प्रधानमन्त्री भए लगत्तै पनि हटाउने तयारी गरिए पनि उनले पछि आफ्ना कमजोरीहरुमा सुधार गर्ने बताएपछि रोकेका थिए । पटक पटक चेतावनी दिँदापनि कमजोरी नसुधारेपछि प्रधानमन्त्रीले यस्तो निर्णय लिएका हुन बालुबटार निकट सो्रतले भन्यो ।

प्रधानमन्त्री कोईरालाले ढकालको ठाउंमा आफ्ना भान्जा रमेश भण्डारीलाई जिम्मेवारी दिइएको छ । भण्डारी यस अघि सिहदरबार हेर्नेगरि स्वकीय सचिव थिए । कोईराला प्रधानमन्त्री नहुदैदेखिका ढकाललाई भण्डारीले नै कोईराला निवास पुर्याएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री कोईराला उपचारकालागी अमेरिका गएका बेला ढकालले आफु नै मुख्य व्यक्ति भएको भन्दै भण्डारीसंग झैै -झगडा गरेका थिए, सोहि विषयलाई लिएर उनलाई पदमुक्त  गरिएको हो ।