बिहिबार, चैत्र १५, २०८०

वीर अस्पतालका महत्वपूर्ण कागजात नियन्त्रणमा,भ्रष्ट डिआइजी भण्डारीविरुद्ध मुद्दा दायर

काठमाडौँ श्रावण २१ ,अस्पतालमा लामो समयदेखि अनियमितता भएको र त्यसलाई नियन्त्रण गर्नेतर्फ कुनै पनि पहल नगरिएको भन्दै आयोगमा उजुरी परेको उजुरीको सम्बेधन गदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीर अस्पतालमा मङगलवार छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

bir hospatil केही दिनअघि पनि आयोगले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हिजो आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा पुगेको टोलीले महानिर्देशक केदारप्रसाद सेन्चुरी र लेखा प्रमुख केदारसिंह देउजाको कार्यकक्षमा रहेका सबै कागजात नियन्त्रणमा लिएको हो ।

त्यस्तै आयोगले यही श्रावण १५ गते विज्ञप्ति प्रकाशन गरी अस्पतालमा आवासीय चिकित्सकले गरेको आन्दोलनप्रति पनि आपत्ति जनाएको थियो । उपचार गर्न पाउने नागरिकको मौलिक अधिकारलाई आन्दोलनको नाममा हनन् गरिएको भन्दै आयोगले तत्काल आन्दोलन फिर्ता लिई सहज वातावरण बनाउन आग्रह सहित यस्तै अस्पतालको समस्या समाधान गर्न आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यसअघि नै निर्देशन दिएको थियो ।

यसै वीच आयोगले प्रहरी नायब महानिरीक्षक गोपालप्रसाद भण्डारीविरुद्ध मङगवारनै विशेष अदालतमा मुद्दा दायर गरेको छ । विमानस्थलमा रहँदा भण्डारीले पदीय दुरूपयोग गरी रु २४ लाख १३ हजार ४४६ बराबरको रकम हिनामिना गरेको अनुसन्धानबाट खुल्न आएकाले मुद्दा दायर गरिएको जनाएको छ । अख्तियारका अनुसार प्रहरी नायब महानिरीक्षक भण्डारीले विभिन्न मितिमा भारतीय मुद्रा जफत गर्दा रीतपूर्वकको खानतलासी नगरेको, पक्राउ परेकालाई कानुनी प्रावधानबमोजिम मुद्दा नचलाएको, राजस्व अनुसन्धान विभागमा नपठाई गैरकानुनी काम गरेको अनुसन्धानबाट खुलेको जनाउँदै भन्सार कार्यालयमा बुझाउनुपर्ने चल–अचल सम्पत्ति सम्बन्धित निकायलाई नबुझाएको र हिनामिना गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम मुद्दा दायर गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।