शुक्रबार, बैशाख १४, २०८१

एकसय ५१ ब्राह्मण बटुकको स्वस्ति वाचनको माहौलमा प्रम मोदिले पशुपतिमा विशेषपूजा अर्चना गर्ने

काठमाडौं श्रावण १७, आइतवारबाट दुईदिने नेपालको औपचारिक भ्रमणमा आउँन लाग्नु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार पशुपति मन्दिरमा गर्न दर्शन एवम् विशेष पूजाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

pashupati mandirप्रधानमन्त्री मोदीले सोमवार पशुपतिनाथमा बिहान ९ बजे दर्शन एवम् विशेष पूज ागने कायक्रम तय भउ अनुरुप यस किसिमको तयारी भएको कोषले जनाएको छ । त्यस्तै त्यस अवसरमा बिहान ८ः३० बजे पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुला गरि प्रम मोदिले मन्दिरका मुल पूजारी मार्फत विशेष पूजा गर्नु हुने बुझिएको छ ।

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीलाई कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले पशुपति दर्शनको क्रमअनुसार दर्शन गराई परिक्रमापछि दक्षिण ढोकाबाट मूल मन्दिरमा प्रवेश गराउने कार्यक्रम रहेको र मूल मन्दिरमा प्रवेश गरेपछि प्रधानमन्त्री मोदीले सबै मुहारको दर्शन गरी विशेष पूजा गर्ने कार्यक्रम रहेको पनि कोषले जनाएको छ । त्यस अवसरमा नेपाल वेद विद्या आश्रमका एकसय ५१ ब्राह्मण बटुकले स्वस्ति वाचन गरी प्रधानमन्त्री मोदीको स्वागत गरी दर्शन एवम् पूजा अवधिभर वैदिक मन्त्रोच्चारण गर्ने व्यवस्था समेत गरिएको बुझिएको छ ।