शुक्रबार, बैशाख १४, २०८१

राजधानीको सडकमा विशेष सरसफाइ सहित नेपाल–भारतको झण्डा फर्रर

काठमाडौं श्रावण १७, स्वदेशी वा विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा जाँदा उहाँहरूको सम्मानमा सडकका दायाँ बायाँ रहेका फ्लयाग पोष्टहरूमा सम्बन्धित देशको राष्ट्रिय झन्डा राख्ने चलन अनुरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा काठमाडौँका विभिन्न सडकका दायाँबायाँ अर्थाथ Nepal-India-flageविमानस्थलदेखि सिनामङ्गल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, पद्मोदयमोड पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, सुनधारा, नयाँ सडक, महाँकाल, वीर अस्पताल अगाडि, भोटाहिटी, तीनधारा, बागबजार चोक, रत्नपार्क, केशरमहल, लैनचौर, राजदरबारको दक्षिण गेट, थापाथली, त्रिपुरेश्वरलगायतका सडकका दायाँबाँया रहेका फ्लयाग पोस्ट मा नेपाल र भारतको राष्ट्रिय झन्डा फहराइएको छ ।

गहमन्त्रालयको निर्देशनअनुसार मन्त्रालयअन्तर्गतका समर्जङ कम्पनी कार्यालयबाट यही साउन १८ र १९ गते हुने मित्रराष्ट्र भारतका प्रधानमन्त्रीको राजकीय भ्रमणका क्रममा सडकका दायाँ बायाँ करिब ५२४ वटा पोलमा २६२ नेपाली र २६२ भारतीय राष्ट्रिय झन्डा राखिएको हो ।

यसैवीच काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरी परिसरको सहकार्यमा प्रम मोदीको भ्रमणका लाई ध्यान दिदै शहरका हरेक कुनाकाप्चा देखि मुल सडकको विशेष सरसफाइ सुरु गरेको बुझिएको छ । यस क्रममाराजधनीको सडकमा रहेका डिभाइडर हटाउने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, माइतीघर, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै सोल्टी होटल तथा सो आसपास क्षेत्रका सडक किनारामा विशेष सरसफाइ अभियानको अलावा स्वागतद्वार निर्माण कार्यको थालनी गरिएको छ ।