शनिबार, बैशाख १५, २०८१

न्यायधिश पराजुलीविरुद्ध महादेवटारका स्थानीय जनताहरु आन्दोलित

काठमाडौँ आषाढ १८, थिचो मिचो र अन्यायमाथि न्यायको विधि गत सम्बोधन गर्ने व्यक्तिबाटै सिमित स्वार्थ हावी गर्दै सामूहिक क्ल्याणको लागि प्रयोग गरिनु पर्ने सार्वजनिक जग्गा अतिक्रमण गर्दै पौथाजोरी र शक्तिको प्रर्दशन गर्छ भने त्यस्तो बेला मा हग्नेलाई भन्दा  देख्नेलाई लाज भन्नु सिवाय न्यायधिश पराजुलीअरु कुनै उपाय हुँदैनन र छैन पनि ।

प्रसङ गोङ्गबु गाविस–८ महादेवटारको हो । त्यहाँका स्थानीय बासिन्दाले आज राजधानीमा पत्रकार सम्मेलन गरि लामो बहस र संसदीय सूनवाइ पछि सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त हुनु भएका न्यायाधीश    गोपालप्रसाद पराजुलीसँगको मिलेमतोमा उक्त जग्गा मिच्ने र व्यक्तिको नाममा सार्ने काम भइरहेको आरोप लगाए । साथै न्यायाधीश पराजुलीको साथ र समर्थन पाएका केहि झुण्डले करिब २१ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गदै गरेको गुनासो सरोकारवाला निकायमा जानकारी गराउँद पनि  कतैबाट सुनुवाई नभएकोले आफूहरु पत्रकार सम्मेलन गर्न बाध्य भएको भन्दै सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई तत्काल कारवाहीको माग गर्दै  उनिहरुले सार्वजनिक जग्गामा जवरजस्ती पर्खाल लगाएर घेरा हालिरहेको अवस्थामा स्थानीयवासीले रोक्न खोज्दा प्रहरीले माथिको आदेश भन्दै आफूहरुलाई हातपात गरेको  बताउँदै स्थानीय जनताले सार्वजनिक जग्गा अतिक्रमण रोक्न आफुहरु आन्दोलमा उत्रन परेको बताए  ।

पत्रकार सम्मेलनमा बोल्दै सार्वजनिक जग्गा संरक्षण समितिका सचिव श्रीराम केसीले सार्वजनिक जग्गा भएको थाहा हुँदाहुँदै पनि न्यायधिश पराजुलीले जानाजान शक्तिको दुरुपयोग गरि हजारौ जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप सहित अतिक्रमणको श्रृखला तत्काल रोक्न माग गरे । त्यस्तै  दोषीमाथि कारबाही नभए स्थानीयवासीले भोलिदेखि उक्त सार्वजनिक जग्गामा लगाइएको पर्खाल भत्काउनेलगायतका सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।