शनिबार, बैशाख ८, २०८१

सरकारको निति तथा कार्यक्रम २०७१ आलोचनात्मक समर्थन सहित आज अनुमोदन हुदै

काठमाडौ आषाढ १८, व्यवस्थापिका–संसद्को बैठकमा गत आइतबार राष्ट्रपति डा। रामवरण यादवले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रम २०७१ माथि संसद बैठकमा भएको दुइदिने वृहत छलफलको क्रमम सरकारको उक्त कार्यक्रमको सरकारमा सहभागी दलका सांसदहरूले नै timthumb_20140318आलोचनात्मक समर्थन गरेका छन् ।

त्यस्तै गरि विपक्षी दलका १३ सांसद्ले संशोधन प्रस्तव प्रस्तुत गदै कार्यक्रमको आलोचना गरेका छन् । हिजोको बैठकमा सत्ता पक्ष विपक्षी गरि ३० जना भन्दा बढी सभसदहरुले नीति तथा कार्यक्रम माथि आफ्नो भनाई राखेको र आज बाँकीले सभासदहरुले आ्आफ्ना भनाइ राख्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभएको छ ।
व्यवस्थापिका–संसद्को बैठक अहिले बिहान १०:३० बजे बोलाइएको छ। सभासदहरुले भनाई राखिसकेपछि कार्यवाह प्रधानमन्त्री वामदेव गौतमले जवाफ दिनुहुनेछ । त्यस्तै कार्यवाहक प्रधानमन्त्री गौतमले बैठकमा सभासदहरुले उठान गरेको जिज्ञासाको जवाफ दिएपछि भोलिदेखि नेकपा एमालेकालेको महाधिवेसन भएकाले आजै उक्त कायक्रम अनुमोदन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।