शनिबार, बैशाख १५, २०८१

सार्वजनिक लेखा समितिको सभापतिमा एमाओबादीका शर्मा निर्विरोध निर्वार्चित

काठमाडौँ श्रावण १५, व्यवस्थापिका –संसद् सार्वजनिक लेखा समितिको सभापतिमा एमाओबादीका जनार्दन शर्मा निर्विरोध निर्वार्चित भएका छन। संसद् सचिवालयले janradranसमितिको सभापतिमाका लागि शुक्रबार बिहान ११ बजे निर्वाचनको कार्य तालिका तय गदै आज साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । तर उम्मेदवारी दता गर्ने क्रममा समितिको सभापति पदका लागि जनार्दन शर्माको वाहेक अन्य दलका कुनै पनि उम्मेदवारको उम्मेदवारी दर्ता भएनन ।

एमाओबादीका जनार्दन शर्माको उम्मेदवारीको प्रस्तावकमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र एमाओवादीका डोरप्रसाद उपाध्यायको समर्थनमा एक मात्र उम्मेदवारी दर्ता भएको र सो समितिको सभापतिमा उहाँ निर्विरोध निर्वाचित हुने भएको संसद सचिवालयले जनाएको छ ।