शुक्रबार, बैशाख १४, २०८१

सांसद अधिकारीद्दारा सार्वजनिक महत्वको विषयमाथि शिक्षामन्त्रीको ध्यानाकर्षण

काठमाडौँ श्रावण १५, व्यवस्थापिका–संसदको आजको बैठकमा नेकपा (एमाले)का सांसद रवीन्द्र अधिकारीले विश्वविद्यालयमा प्रतिविद्यार्थी रु १८ हजार, विद्यालयमा रु १४ हजार लगानी गरेको तर उच्च माध्यमिकमा रु तीन हजार तीनसय हाराहारी खर्च गर्ने गरेपनि दश जोड दुईको शिक्षामा सरकारले ध्यान दिन Rabindra-Adhikari- नसकेको आरोप सहित उच्च शिक्षालाई गुणस्तरीय तथा मर्यादित बनाउन र शिक्षक दरबन्दी व्यवस्था गरी पेसागत सुरक्षाका लागि जरुरी सार्वजनिक महत्वको विषयमाथि शिक्षामन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

उच्च माध्यमिक शिक्षाको सुरुवात भएको २२ वर्ष भइसक्दा पनि विद्यमान ऐनले उच्चमाध्यमिक विद्यालयलाई यथोचित सम्बोधन गर्न नसकी अलपत्र पारिरहेको र जनतामाथि अत्यधिक भार परेको भन्दै सांसद अधिकारीले सो ध्यानाकर्षण गराउनुभएको हो ।

शिक्षा मन्त्री चित्रलेखा यादवले सो ध्यानाकर्षण प्रस्तावको जवाफ दिँदै उच्च माध्यमिक शिक्षालयबाट गुणस्तरीय र मर्यादित शिक्षा पाइन्छ भनेर विश्वास दिलाउन आवश्यक छ भन्नुभयो । कुल तीन हजार ५९६ उमावि सञ्चालित भएको प्रशङ् कोट्याउँदै उमावि शिक्षालाई गुणस्तरीय र मर्यादित बनाउन शिक्षा ऐन नवौ संशोधन संसदमा विचाराधीन रहेको र सो विधेयक पारित भएपछि कक्षा ९ देखि १२ सम्म उच्च माध्यमिक शिक्षा कायम हुने जानकारी दिनुभएको थियो ।