शुक्रबार, बैशाख १४, २०८१

प्रेस स्वतन्त्रता स्मारकको दुर्दशा,सिम्बोलिकमा कोचिएको बोरा र पत्रिका छरपष्ट अवस्थामा

काठमाडौं श्रावण ६, एका तर्फ नेपाल प्रेस काउन्सिल अर्को तर्फ नेपाल पत्रकार महासङघको नव निर्मित भवन र त्यसैको आसपासमा सूचना विभागको भवन रहेको सञ्चारग्राम परिसरमा ज्ञात अज्ञात पत्रकार सहिदहरुको सम्झनामा वि.स.२०६७ मा सूचना विभाग, प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको संयुक्त पहलमा बनाइएको सहिद स्मारको अवस्था हेर्ने हो भने आफैमा  हिनता बोध हुन्छ ।

IMG_2830sjh_event_ patrakar_Mahasangh_statue_2071 IMG_2827sjh_event_ patrakar_Mahasangh_statue_2071 IMG_2832sjh_event_ patrakar_Mahasangh_statue_2071 IMG_2831sjh_event_ patrakar_Mahasangh_statue_2071त्यस बेला ठूलै धनराशीकोलागत खर्चमाबनाइएको प्रेस स्वतन्त्रता स्मारकको विद्ययमान अवस्था तेह्र वर्ष पनि नपुग्दै जिर्ण भएको छ । स्मारकमा राखिएको कलम डायरीको अवस्था होस वा सिम्बोलिकहरु पनि प्राय सवै टुटे फुटेको मात्र नभइ त्यस भित्र कोचिएको बोरा र पत्रिका छरपष्ट अवस्थामा रहको छ ।  तथापी सरोकारवाला निकायको अहिलेसम्म पनि ध्यानाकर्षण भएको देखिदैन आखिर किन ?

_FNJ1
(पत्रकार महासंघका तत्कालिन सभापति विष्णु निष्ठुरी स्मारकको शिलान्यास गर्नु हुदै )

IMG_2827sjh_event_ patrakar_Mahasangh_statue_2071 IMG_2829sjh_event_ patrakar_Mahasangh_statue_2071

 

 

२०६७ बैशाषमा पत्रकार महासंघका तत्कालिन सभापति विष्णु निष्ठुरीले स्मारकको शिलान्यास गनु भको प्रस्तुत स्मारकको तत्कालिन सभामुख सुवास नेवाङले अनावरण गर्दै गर्दा लोकतन्त्र र प्रेस स्वतन्त्रताका निम्ती सहिद भएका पत्रकारहरुको सपना साकार पार्नसबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

तर, स्मारकको विद्यमान अवस्था हेर्ने हो भने त्यो सपना व्यबहारमा कार्यान्वयन हुन नसकेको सहजै बोध गर्न सकिन्छ ।  सञ्चारग्रामस्थित कार्यक्षेत्रमा खटिँदा द्धन्दमा परेर मत्यु वरण् गरेका ३१ जना पत्रकारको सस्मरणमा उक्त   स्मारकको डिजाइन कलाकार विजय मानन्धरले गरेको   बुझिएको छ ।