शनिबार, बैशाख १५, २०८१

दुइ देशवीचको सम्बन्ध अझ सुदृढ हुन भारतीय विदेशमन्त्रीको विश्वास

susma-sawarajकाठमाडौँ श्रावण ९ ,नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठमा भागलिन आज साँझ विशेष विमानबाट नेपल आइपुग्नु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय सरकारको प्राथमिकतामा नेपाल उच्च स्थानमा रहेको बताउनुभएको छ । उहाँले विमानस्थलमा उपस्थित पत्रकारहरुसङग संक्षिप्त कुरा गदै यस्ते अभिव्यक्ति दिनु भएको हो । त्यस अवसरमा विदेश मन्त्री स्वराजले आफ्नो भ्रमणले दुइ देशवीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

विमानस्थलको विशिष्ट कक्षमा भारतीय विदेशमन्त्रीलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी, सोही मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख अमृतबहादुर राई, नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम, नायब शिष्टाचार महापाल लेखनाथ भट्टराई, शिष्टाचार अधिकृत पुरुषोत्तम ढुङ्गेलले स्वागत गर्नुभएको थियो । भारतीय विशिष्ट अतिथिको स्वागतका लागि विमानस्थलमा नेपालका लागि भारतीय राजदूत रञ्जित रे, यहाँस्थित भारतीय दूतावासका उपप्रमुख पीयूष श्रीवास्तव, प्रवक्ता अभयकुमारलगायत उक्त दूतावासका वरिष्ठ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।