शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ मधेसी दलका नेताहरुले भारतीय विदेशमन्त्रीसँग गरेको आग्रह

काठमाडौँ श्रावण १०, नेपालको औपचारिक भ्रमणमा रहनुभएकी भारतका विदेशमन्त्री सुष्मा स्वराज र मधेसवादी दलका विभिन्न नेतावीच भएको भेटवार्तामा susma-sawarajमधेसवादी दलका नेताहरुले हुलाकी सडक निर्माण, सीमा समस्यालगायतका भौतिक पूर्वाधार विकासमा सघाउन आग्रह गरेका छन् ।

madhesi-sisha-netaभेटवार्तामा नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह,सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर,मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले) का शत्रुघनकुमार महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष शरत्सिंह भण्डारी, तराई मधेस जागरण अभियानका जयप्रकाशप्रसाद गुप्ता, एमाओवादीका प्रभु साह, तराई मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र यादव लगायतका नेताहरुको सहभागीता रहेको बुझिएको छ ।

नेताहरुबाट प्रस्तुत आग्रह पछि विदेशमन्त्री स्वराजले आफ्नो सरकारले नेपाललाई उच्च प्राथमिकतामा राखेकाले यहाँका विषयवस्तुबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई अवगत गराउँदै कार्यगत एकता र सहयेग गर्ने प्रतिवद्धता व्यक्त गनु भएको भेटवार्तामा सहभागी नेताहरुलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाइएको छ ।