शनिबार, बैशाख १५, २०८१

लोक-कल्याणकारी विज्ञापनको वृद्धि रकम भुक्तानी माग गर्दै सञ्चार मन्त्रालयमा पत्रकारको धर्ना

काठमाडौ आषाढ १६,  लोक कल्याणकारी विज्ञापनबापतको वृद्धि रकमको भुक्तानी नपाएको भन्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यकाका तीनवटा शाखाको नेतृत्वमा आज सरोकारवाला निकाय अर्थाथ  सूचना तथा सञ्चार मन्त्रालयको मूल गेटमा मा एक घण्टा धर्ना दिएका छन ।

चालु आर्थिक वर्षमा आफूहरुको मागका आधारमा २५ प्रतिशत वृद्धि गरिएको सो रकम आर्थिक वर्षको अन्त्यसम्ममा पनि प्राप्त नभएको र यसअघि सञ्चारमन्त्री, सञ्चार सचिव, अथ मन्त्रीलाइ समेत ज्ञापन पत्र बुझाउदै आफ्ना माग पूरा गर्न आग्रह गर्दै आईरहेको काठमाडौं पत्रकार महासङघले केवल यसवीचमा आस्वासन मात्र पाएका भन्दै आजबाट दवाव स्वरुप सञ्चार मन्त्रालयमा धर्ना दिइएको हो ।

धर्नामा महासङ्घका केन्द्रीय सदस्य ईश्वरी वाग्ले र रामहरि सिलवाल, काठमाडौं शाखाका अध्यक्ष गोविन्द चौलागाईं, महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपाने,महासङ्घ धक्तपुरका अध्यक्ष अमर भुजु लगायतले बोल्नु भएको थियो ।  यसै गरि भोलि उपत्यकाका तीनवटा शाखाको संयोजनमा अर्थ मन्त्रालयमा धर्ना दिइने कार्यक्रम रहेको जानकारी काठमाडौं शाखाका उपाध्यक्ष श्रीजन झाले बताउँनु भएको छ ।