शुक्रबार, चैत्र १६, २०८०

आर्थिक विधामा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम

काठमाडौं आषाढ १५, सूचना विभागको र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को सहकार्यमा आर्थिक विषयलाई मुख्य कार्य क्षेत्र बनाएका विभिन्न suchana bivagसञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि पाँच दिने सेवाकालीन तालिम सुरु गरिएको छ ।

प्रस्तुत तालिमको उद्घाटन गदै सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमन शर्माले कुनै पनि देशको अर्थराजनीतिक बलियो हुनका लागि आर्थिक पत्रकार सक्षम र व्यावसायिक हुनुपर्ने भन्दै आर्थिक सूचनालाई व्यवस्थित गरेर पत्रकारलाई सक्षम बनाउनका लागि सूचना तथा सञ्चार मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला सेजनका अध्यक्ष विज्ञान अधिकारीले सूचना विभागले उपलब्ध गराएको तालिमबाट आर्थिक क्षेत्रमा काम गर्दै आएका पत्रकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत करिव २५ जना पत्रकारको सहभागिता रहेको छ ।