शुक्रबार, बैशाख १४, २०८१

बजेट केन्द्रीत छलफलका लागि व्यवस्थापिका संसदको बैठक बस्दै

काठमाडौं अषाढ १, एक सता भन्दा बढी समयको अवरुद्धता पछि गत शुक्रवारवाट सूचारु भएको व्यवस्थापिका–संसदकोबैठक आज पनि बस्दै छ । आजको बैठकमा पूर्व बजेटमाथि विशेष छलफल सहित सभासदहरुले आफ्ना भनाइ राख्ने संसद सचिवालयले जनाएको छ।

 biccसंसद सचिवालयका अनुसार आज दिउँसो ३ बजे बस्ने बैठमा आगामी आर्थिक वर्षको बजेट आउनुपूर्व त्यसको तयारीका क्रममा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री रामशरण महतले राखेको प्रस्तावमामाथि जारी छलफलमा नै केन्द्रीत रहने बताएको छ। यसअघि भएको छलफलमा बोल्ने पूर्व प्रधानमन्त्री बाबुराम भराई, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतले बजेटका विषयमा अभिव्यक्ति राखिसकेक छन । बैठकमा बोल्ने प्राय सव सभासदहरुले बजेट विकास र रोजगार केन्द्रित ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

यसैबीच आजै व्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक सुशासन, लेखा समिति लगायत आधार दर्जन समितिका बैठक बस्ने पनि तयारी भएको संसद सचिवालयले जनाएको छ ।