बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् बैठक: विभिन्न निकायमा नियुक्ति

काठमाडौँ अषाढ २, आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कोइरालाले आफ्नो अनुपस्थितिमा उपप्रधानमन्त्री बामदेव गौतम आफ्नो कार्य भार सम्हाल्ने कार्यादेश सहितको विभिन्न सरकारी निकायमा नियुक्ति र सरुवा  गरेको छ ।

singhadurbarयसरी गरिएको सरुवा र नियुक्तहरुमा क्रमस दलित आयोगको अध्यक्षमा मानबहादुर नेपाली, राष्ट्रि अनुसन्धान विभागको प्रमुखमा जितबहादुर केसी, चुरे संरक्षण कार्यक्रमको अध्यक्षमा रामेश्वर खनाललाई नियुक्ति गरिएको छ । त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा परासद कोइराला र सुकुम्वासी आयोगको अध्यक्षमा शारदाप्रसाद सुवेदी र प्रधानमन्त्रीको सामाजिक सल्लाहकारमा विजन पन्तलाई नियुक्त गरेको   सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

 प्रवक्ता डा.  रिजाका अनुसार  सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगमा गरिने नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको नेतृत्वमा सपना प्रधान मल्ल, घनश्याम लाल दास, प्रदीप पोखरेल र मानव अधिकार आयोगले तोकेको एक सदस्य सचिव रहने गरि समिति बनाएको छ भने शान्ति तथा पुनर्निर्माण मन्त्रालय स्थापनापछि भएका सहमति र सम्झौता कार्यान्वयनका लागि सिफारिस गर्न पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश केशव मैनालीको अध्यक्षमा डा. राजकुमार राई, रीता मैनाली र दीपेन्द्र झा सदस्य रहेको  आयोग गठन गर्ने निर्णय  गरेको छ ।

त्यस्तै  बैठकले ३ जना सह सचिवहरुलाई कामु सचिव बनाएर क्षेत्रीय प्रशासकको जिम्मेवारी दिएको छ भने नेपाल विद्युत प्राधिकरणका एमडी अर्जुन कार्कीलाई पश्चिमांचल, शिक्षा मन्त्रालयका महाश्रम शर्मालाई पूर्वाञ्चल र गृहका शंकर कोइरालालाई मध्यमांचल क्षेत्रीय प्रशासकमा नियुक्ति गर्नुको साथै तनहुँ जलविद्युत् आयोजनाका लागि युरोपियन इन्भेस्टमेन्ट बैंकबाट १५ मिलियन डलर थप ऋण लिन स्वीकृत दिने निर्णय गरेको छ ।