शनिबार, बैशाख १५, २०८१

प्रेस युनियनको आसन्न आठौँ राष्ट्रिय महाधिवेशन स्थगित

 काठमाडौँ ज्येष्ठ २६, आगामी ज्येष्ठ २९, ३० र ३१ गतेका लागि तय भएको काँग्रेसको भ्रातृसंस्था नेपाल बिद्यार्थी संघको महाधिवेशन स्थगित गरिएको भोली पल्टनै प्रजातन्त्रवादी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको आगामी असार ४ र ५ गते पोखरामा हुने भनिएको आठौँ राष्ट्रिय press unionमहाधिवेशन स्थगित भएको छ ।

मुलुकका विभिन्न चार निर्वाचन क्षेत्रमा आगामी असार ८ गते उपनिर्वाचन हुन गइरहेको र त्यसमा युनियन सम्बद्ध सञ्चारकर्मी समाचार सङ्कलन तथा सम्प्रेषणमा व्यस्त रहनुपर्ने भएकाले महाधिवेशन स्थगित गरिएको युनियनले बताएको छ ।

महाधिवेशनको अर्को मिति नतोकिए पनि आगामी असार ३ गते बस्ने केन्द्रीय समितिको बैठकले छिट्टै मिति तोक्ने कार्यवाहक अध्यक्ष बद्री सिग्देलले बताउनुभयो । युनियनले आज विज्ञप्ति जारी गरी तोकिएको मितिमा महाधिवेशन हुन नसक्दा पार्षद तथा सदस्यहरूमा पर्न गएको असरप्रति क्षमायाचना गरेको छ ।