शुक्रबार, बैशाख १४, २०८१

पाँच वर्षमा लाग्ने गढीमाई मेला मंसिरमा

काठमाडौँ अषाढ ५, नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ एवम् बारा जिल्लाको सदरमुकाम कलैयाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने गढीमाई मेला यस वर्ष आगामी मङ्सिर १२ गते बाराको gsdhimaiबरियारपुरमा सुरु हुने भएको छ ।

गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिले राजधानीमा पत्रकार सम्मेलन गरी धर्म र आस्थाका साथै मनोकामना पूरा हुने विश्वासका साथ मनाइने गढीमाईको मेला हरेक पाँच९पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुने उक्त मेलामा नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीकोअलावा ओइरो हजारौँ भारतीय दर्शनार्थीहरू धर्म र आस्थाका साथै मनोकामना पूरा हुने विश्वासका साथ मेलामा दर्शन, पूजा र अर्चनाका लागि आउने गरेको जानकारी दिइएको छ ।
त्यस्तै पूजाका सुभारम्भमा देवीको पूजाअर्चना गरी पञ्चबलिसमेत दिइसकेपछि नेपाल र भारतका लाखौंँ भक्तजनबाट ल्याइएको राँगालगायत पशुको बलि दिने गरिन्छ । गढीमाईको स्थानदेखि करिब १०० मि पूर्व रहेको बह्रम स्थानमा विधिपूर्वक बलि दिइन्छ ।