मङ्लबार, बैशाख ४, २०८१

केहि दिन भित्रै यस वर्षको मनसुन सुरु हुने

monsunकाठमाडौँ आषाढ ६, मौसम पूर्वानुमान महाशाखाले दुई/तीन दिनभित्रभित्रै यस वर्षको मनसुन सुरु हुने जनाएको छ । पश्चिमी वायुको प्रभाव देशभर क्रमिक रूपमा कमजोर हुँदै मनसुन भित्रिन लागेको सङ्केत देखापर्दै आएकाले मौसमविदहरुले बताएको हो ।
वरिष्ठ मौसम्विद् शिव नेपालका अनुसार नेपालमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्म मनुसन जारी रहने भएपनि विगत ४/५ वर्षदेखि मनसुन ढिला सुरु हुँदै आएको र यस वर्ष पनि केहि ढिला भएको बताउँनु भएको छ।

त्यस्तै उहाँले अरब सागरको प्रभाव बढेपछि बङ्गालको खाडी, बङ्गलादेश, भारतको उत्तर पूर्वी भाग हुँदै नेपालको पूर्वी भागबाट वायुले प्रवेश गर्ने र सो अवधिमा दक्षिण एसिया क्षेत्रमा मनसुनका गतिविधि बढी देशको सम्पूर्ण भागमा वर्षा हुने गर्दछ । सोहि अनुरुप केही दिनयता पहाडी भेगमा छिटफुट वर्षा हुँदैआए काठमाडौँ उपत्यकाको आकाशमा पनि बदली भइरहेको बताउँनु भएको छ ।