शुक्रबार, बैशाख १४, २०८१

एकसिङ्गे गैँडाको खागसहित चार जना पक्राउ

हेटौँडा आषाढ १०, केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले आज बिहान हेटौँडा नगरपालिका वडा नं २ Gaida-ko-Khaagस्थित न्यू लोकप्रिय होटलबाट दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको एउटा खागसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।

यसरी पक्राउ पर्ने अभियुक्तहरूमा बारा जिल्ला रतनपुर गाविस वडा नं ४का वर्षीय इन्द्रबहादुर लामा, धादिङ जिल्ला किरानचोक गाविस वडा नं ८ का किशोर बसेल, मकवानपुर बर्सामाडी गाविस वडा नं २ का राजीव लामा र सोही गाविस वडा नं ६ बस्ने १७ वर्षीय सीताराम लामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   अभियुक्तहरूलाई सार्वजनिक गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय, मकवानपुरमा हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।